समाचार

आजको मौसम



काठमाडौँ, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका धेरै स्थानमा आज वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेका कारण वर्षाको सम्भाजना रहेको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

केही प्रदेशमा आज भारीदेखि अति भारी वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो । 

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली क्षेत्रको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।