अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० असार । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।