काठमाडौँ, ३१ असार । बजारमा हरियो धनियाँको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज हरियो धनियाँको मूल्य घटेको हो ।
आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो १ सय २१ रुपैयाँ घटेको छ । हिजो मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय १६ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्