काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न अवसर दिएको हो ।
मन्त्रालयका अनुसार ती कर्मचारीहरू नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।
सोही आधारमा ऐनको दफा ७२ को खण्ड (ब) उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण मागिएको हो । सूचनामा तोकिएको १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेस नगरे कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्