राजनीति

भारतका अतिरिक्त विदेश सचिव र परराष्ट्र सचिवबीच भेटवार्ता



काठमाडौँ, ३२ असार । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका अतिरिक्त सचिव महावरले परराष्ट्र मन्त्रालयमा पुगेर सचिव राईसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई देशबीच सञ्चालनमा रहेका द्विपक्षीय सहयोग परियोजनाहरूको प्रगति समीक्षा गर्नुका साथै प्राथमिकतामा रहेका क्षेत्रहरूमा साझा एजेन्डालाई अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल–भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने, संस्थागत सहकार्यलाई अझ प्रगाढ बनाउने तथा उच्चस्तरीय संलग्नताको निरन्तरता कायम राख्ने उपायबारे पनि दुवै पक्षबीच विचारविमर्श भएको थियो।