भक्तपुर, २ साउन । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ एस.एस.चोकमा एक जना युवाको मृत्यु भएको छ ।
एस.एस.चोक स्थितमा एस.एस. कलेजबाट बाटो क्रस गरी बागमती पेट्रोल पम्प तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प २९०५ नं. को मोटरसाईकल र नयाँठिमी चोकबाट राधेराधे तर्फ जाँदै गरेको बा.प्र.०२-०२२ प २९०६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई मोटरसाईकल चालक जिल्ला उदयपुर कटारी न.पा. २ घर भई हाल काठमाडौँ तिनकुने बस्ने वर्ष १६ को कबिर कार्कीको उपचारकै क्रममा मृत्यु भएको ।
मोटरसाईकलको पछाडी सवार जिल्ला काठमाडौँ सिनामंगल बस्ने वर्ष १९ की अलिया वि.क. गम्भिर घाईते भई उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. २ घर भई हाल भक्तपुर बालकोट पानी ट्याङकी बस्ने वर्ष २४ को मनिष राई डिस्चार्ज पश्चात प्रहरी वृत्त ठिमी भक्तपरको नियन्त्रणमा रहेको छ ।
घाईतेको उपचार मध्यपुर ठिमी अस्पताल भक्तपुरमा भईरहेको छ । दुवै सवारी साधन जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्