काभ्रेपलान्चोक, २ साउन । जिल्लाको पाँचखाल नगरपालिका-१२ सेरा गाउँमा करेन्ट लागेर एक जना मानिसको मृत्यु भएको छ ।
आज दिउँसो २ बजे पाँचखाल नगरपालिका १२ सेरा गाउँ बस्ने बर्ष ६१ को कान्छा दनुवारको करेन्ट लागेर मृत्यु भएको छ । उनीको आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नांगो तार पानिमा डुबेको अबस्थामा सोही तारको करेन्ट लागि घाइते भएका थिए । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।
साथै सोहि स्थानमा बस्ने बर्ष २६ कि अनु दनुवारलाई समेत करेन्ट लागि घाईते भएको दाहिने हातको बुढि औलामा चोट अबस्था सामान्य धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्