रौतहट, २ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन् ।
रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् । खराब नियत भएमा सच्याउन गाह्रो हुने उल्लेख गर्दै उनले असल सोच राखेर काम गर्दागर्दै पनि कहिलेकाहीँ विवाद आउन सक्ने धारणा राखे । कुनै कामले धेरै ठुलो क्षति पुर्याएमा तत्काल परिमार्जन गर्नुपर्ने भएकाले सरकारलाई अलिकति समय दिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘तपाईंलाई म के विश्वास गर्न चाहन्छु भने सरकारको नियतमा कुनै पनि शङ्का छैन, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ र त्यसलाई करेक्सन गर्न चाहिन्छ ।’










प्रतिक्रिया दिनुहोस्