पर्वत, २ साउन । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ, अन्य एक जना घाइते भएका छन् ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो । मृत्यु हुनेमा ट्याक्टर चालक पर्वतको कुश्मा नगरपालिका–७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको कुश्मास्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्