Banner News

लोकतन्त्रको मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता हुँदैन: सभापति थापा



पोखरा, ४ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रको आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने प्रस्ट पारे । संविधानका अन्य पक्षहरूमा भने छलफल र परिमार्जन गर्न सकिने उनको भनाइ छ । विशेष गरी शासकीय स्वरूपको विषयमा भइरहेका बहसहरूप्रति संकेत गर्दै उनले यसमा खुला छलफल गर्न कांग्रेस तयार रहेको जानकारी दिए । 

उनले भने, “समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने तर यसलाई संकचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य कांग्रेसलाई स्वीकार्य हुँदैन ।”

पछिल्लो समय सडक र विभिन्न राजनीतिक वृत्तमा चर्चामा रहेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को मागका सन्दर्भमा उनले आफ्नो अनुभवका आधारमा यस विषयमा विमर्श गर्न सकिने बताए ।