काठमाडौँ, ४ साउन । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११:०० बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल र विविध एजेन्डामा कुराकानी हुनेछ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७ औँ बैठक दिनको १:०० बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ। उक्त बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने जनाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ । सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्