काठमाडौँ, ४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजारमार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताएको बैठकमा सहभागीहरुले बताए ।
बैठकमा सहभागी इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलका अनुसार बजारमार्फत लगानी वृद्धि र रोजगारी सृजना हुनपर्ने र आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले बताए ।










प्रतिक्रिया दिनुहोस्