समाचार

करेन्ट लागेर एक महिलाको मृत्यु



मोरङ, ७ साउन । उर्लाबारी नगरपालिका ४ खुर्सानी बारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया पवित्रा बास्तोला छिन् । आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनबाट हिजो साँझ सवा ६ बजे उनलाई करेन्ट लागेको थियो ।

उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।