समाचार

बागमती नदीमा एक युवक बेपत्ता



काठमाडौँ, ७ साउन । चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज कीर्तिपुर नगरपालिका–६ स्थित बागमती नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएका हुन् ।

वेपत्ता हुने युवकको परिचय खुलेको छैन । प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको छ ।