काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबैभन्दा धेरै काठमाडौँबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यकाका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी २८ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४९ जना, अनावश्यक हर्न बजाउने ३३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४९ जना र जथाभावी यात्री चढाउने तथा ओराल्ने २८ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्