काठमाडौँ, ८ साउन । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्