भोजपुर, ९ साउन । नेकपा (एमाले) भोजपुरले आफ्ना पार्टीका नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै जिल्लाका पाँच जना जनप्रनितिधिहरुलाई कारबाही गरेको छ ।
नेकपा (एमाले) भोजपुरका अध्यक्ष मक्करबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार पार्टी हित विपरीत अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै जिल्ला कमिटीले प्रेस विज्ञप्ति जारी गरी यो निर्णय सार्वजनिक गरेको हो । कारबाहीमा पर्नेमा भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा, वडा नं.८ का वडा अध्यक्ष नवीन प्रधान लगायत छन् ।
ती नेताहरूले पार्टीको नीति, सिद्धान्त र सङ्गठनात्मक अनुशासन विपरीत काम गरेको र पदको दुरुपयोग गर्दै पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेको देखिएको छ। यसबाट सूर्य चिह्नमा मतदान गर्ने आम मतदाता, जनसमुदाय र सम्पूर्ण शुभेच्छुकहरूको भावनामा गम्भीर घात भएको पार्टीको ठहर छ।











प्रतिक्रिया दिनुहोस्