समाचार

३० किलो गाँजासहित २ जना पक्राउ



काठमाडौँ, १० साउन । काठमाडौँको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।