डोटी, ११ साउन । भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित केदार सूर्य बहुमुखी क्याम्पसको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत प्राप्त आर्थिक सहयोगमा यो भवन निर्माण भएको हो । यस दुई तल्ले भवनको प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्