काठमाडौँ, १३ साउन । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आजको बैठकले विभिन्न ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय गरेको छ ।
सार्वजनिक निर्णयहरू :
–देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति दिने
–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
–कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।
–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने ।
–प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।










प्रतिक्रिया दिनुहोस्