काठमाडौँ, १६ साउन । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
बाराको जितपुर सिमरा-१६ घर भई काठमाडौँको तार्केश्व बस्ने ३३ वर्षीय सागर उप्रेती र रुपन्देही घर भएका ४५ वर्षीय कृष्णकुमार उपाध्याय पक्राउ परेका हुन् ।
उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौँ महानगर-१२ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि युवाहरुलाई प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोगजार विभाग ताहाचल पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्