समाचार

गोली चलाएर आपराधिक घटनामा संलग्न व्यक्ति पक्राउ



काठमाडौँ, १७ साउन । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरीएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिका चुनिखेलमा कर्मा लामालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो । उनले प्रहरीलाई दुर्व्यवहरको प्रयास गरेपछि गोली चलाइएको हो ।

उनको घुँडामुनि गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।