काठमाडौँ, १८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ ।
आज कुल ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । बजार दिनभर उतारचढावपूर्ण रहँदै अन्ततः रातो रङमा बन्द भएको हो ।
समूहगत आधारमा आज कुनै पनि परिसूचकमा ठुलो उतारचढाव देखिएन । आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिसेयर १५०५.६० रुपैयाँ पुगेको छ । आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक ७.४० प्रतिशत मूल्य घटेको छ ।










प्रतिक्रिया दिनुहोस्