समाचार

बलात्कार आरोपमा एकजना पक्राउ



काठमाडौँ, १९ साउन । १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्दलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

उक्त घटना २०८२ चैत १६ गते दार्मा गाउँपालिकास्थित एक खोल्सामा भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । 

आरोपित चन्दलाई सोमबार पक्राउ गरी सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।