समाचार

मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी आवागमन अवरुद्ध



काठमाडौँ, २० साउन । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। 

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। 

पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको  छ।