काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद १८ हजार ४५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्