काठमाडौँ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताएका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सृजनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले युवालाई रोजगारी खोज्ने व्यक्तिका रूपमा मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गरेका छन् । नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीन योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताएका छन् ।
युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायत प्रोत्साहनमूलक कार्यक्रम प्रदेश सरकारले अघि बढाएको उनले बताए । त्यसलाई प्रदेशको बजेटमार्फत समेत सम्बोधन गरिएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, ‘राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवाहरू वर्तमानका हिस्सेदार पनि हुन्,’ ‘युवाको ऊर्जा, क्षमता, सृजनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’










प्रतिक्रिया दिनुहोस्