काठमाडौँ, २७ साउन । सुर्खेतमा सर्पले टाेकेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा पश्चिम सुर्खेतका चौकुने गाउँपालिका- १० चालिखेका ५८ वर्षीया देउमा कामी रहेकी छिन् ।
आज बिहान ५:४५ बजेतिर भाँडा माझ्ने क्रममा सर्पले दायाँ हातको चोर औलामा टोकेकाे थियो । उपचारको लागि १०;३५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको र डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।










प्रतिक्रिया दिनुहोस्