काठमाडौँ, २७ साउन । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ ।
आज प्रदेशसभा सचिवालय हेटौँडा र एमाले संसदीय दल कार्यालय हेटौँडामा नेता थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
एमाले संसदीय दलको नेता विरुद्धको अविश्वास प्रस्ताव दलको उपनेताले दर्ता गर्ने प्रावधान रहेको छ । हाल उपनेता नियुक्त नभएको अवस्थामा संसदीय दलकी कार्यालय सहयोगी सुशील खतिवडाले उक्त अविश्वास प्रस्ताव दर्ता गरेकी हुन् ।
संसदीय दलका कर्मचारी रिपेश दाहाल कार्य सिलसिलामा बाहिर रहेका बखत पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।










प्रतिक्रिया दिनुहोस्