अर्थ

प्याजको मूल्य बढ्यो



काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सुकेको प्याजको भाउ बढेको हो ।

हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ५४ देखि अधिकतम ५८ र औसत ५६ रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम ६४ र औसत ६२ रुपैयाँ कायम छ ।

असार अन्तिम साता प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५५ र औसत ५४ रुपैयाँमा किनबेच भएको थियो ।