काठमाडौँ, १ भदौ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनामा माझीका बुबा कलबबहादुर माझीको मृत्यु भएको छ भने अर्का एक जना मृतकको पहिचान हुन बाँकी छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्