एजेन्सी, ४ भदौ । मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन एन्ख–अमगालनले बुधबार यस्तो निर्णय भएको बताएका हुन् ।
सन् २०२६–२०२७ को शैक्षिक वर्षदेखि शिक्षक, विद्यार्थी र अभिभावक सहभागी सामाजिक सञ्जालका च्याट समूह तथा पृष्ठ सञ्चालन गर्नसमेत रोक लगाइने उनले बताए । मङ्गोलियामा फेसबुक, इन्स्टाग्राम र टिकटक बढी प्रयोग हुने सामाजिक सञ्जाल हुन्।
विद्यालयमा शिक्षकहरूले फेसबुक समूह तथा च्याटमार्फत विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्ने तथा गृहकार्य पठाउने अभ्यास रहेकाले नयाँ व्यवस्थाले विद्यालय र अभिभावकबिचकाे सञ्चारमा समेत परिवर्तन ल्याउनेछ । मङ्गोलियामा नयाँ शैक्षिक वर्ष सामान्यतया सेप्टेम्बर १ देखि सुरु हुन्छ।










प्रतिक्रिया दिनुहोस्