काठमाडौँ, ६ भदौ । महानगरपालिकाको शिक्षा विभागले ९२ निजी विद्यालयको स्वीकृति रद्धबारे ३५ दिने सूचना जारी गरेको छ ।
काठमाडौँ महानगरभित्र प्रचलित काुननबमोजिम सञ्चालित भएका र हाल बन्द गर्नुपर्ने अवस्थाका संस्थागत विद्यालयलका लागि महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको बताए । चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए ।
यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्