काठमाडौँ, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् ।
यस्तै, प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको सङ्ख्या ४ रहेको छ । मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो । मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए । प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् ।
कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्