काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर ६ स्थित नमस्कार चौकमा रहेको न्यू राजधानी गेष्ट हाउसको कोठामा युवती झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
कोठाको भित्रबाट चुकुल लागेको अवस्थामा उक्त युवती मृत फेला परेपनि उनको सनाखत हुन सकेको छैन ।
उक्त कोठामा युवतीसंगै युवक पनिसँगै केही दिनसँगै बसेको र र युवक हिजो बाहिरिएपछि युवती आज झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सँगै आएर रुम लिएको र नाम लेखाएको एक युवालाई हिरासतमा लिएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्