समाचार

आगलागीबाट एक घर जलेर नष्ट



काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी भएको हो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । `आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भएको छ भने मानवीय क्षति भएको छैन ।

प्रहरी र स्थानियको समन्वयमा आगो नियन्त्रणमा आएको उनले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन।