काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेसन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ ।










प्रतिक्रिया दिनुहोस्