Banner News

सिंगो नेपालको छातीमा परेको साझा बज्रपात : प्रधानमन्त्री बालेन



काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । 

उनले भने, “त्यसैले दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” । 

प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । शाहले रसुवा बाढी सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन् ।

“आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकको पीडामा मै गहिरो महसुस गरेको छु,” उनले भने, “यो पीडा रसुवा, नुवाकोट, धादिङको मात्रै होइन । सिंगो नेपालको छातिमा परेको बज्रपात हो ।” 

उनले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । “मन भक्कानिँदा पनि एक आपसमा विलौना गर्ने समय छैन,” उनले भने ।

उनले भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । शाहले भने, “यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।”

सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । “मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” प्रधानमन्त्री शाहले भने ।