पोखरा, १९ भदौ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ ।
अरु २ जनाको जीवितै उद्धार गरिएको छ । बिहान करिब ५ बजेट गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको हो ।
दुर्घटनामा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव अर्का अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन ।
२७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादव चाहिँ खतरामुक्त छन् । उनीहरू पनि भारतको रक्सौलका हुन् । दुवै जनाको गण्डकी मेडिकल कलेज कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्