राजनीति

योगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन



काठमाडौँ, २१ भदौ । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान भएको छ ।

विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार (भदौ २१) एक सूचना प्रकाशित गर्दै उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान गरेको हो । इच्छुक तथा योग्य उमेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।