समाचार

चार जना मृतावस्थामा फेला



काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँका ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृतावस्थामा फेला परेका हुन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृतावस्थामा फेला परेका छन् ।

बर्दियाको राजापुर नगरपालिका–८ पुरैनास्थित खेतको कुलोमा सोही नगरपालिका–८ फत्तेपुरका ७१ वर्षीय भक्तराम जैसी काफ्ले र डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।