राजनीति

जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री गुरुङ



काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।  

आज जेन-जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन-जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो । 

शिलान्यास कार्यक्रममा संचारकर्मीसंग बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागी आफ्नो ज्यान आहुति दिने जेन-जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताए । 

मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए ।