राजनीति

युक्रेनले रुसी ऊर्जा लक्ष्यहरूमाथि प्रहार नगर्ने सहमति जनाएको छ : राष्ट्रपति ट्रम्प



काठमाडौँ, ३० भदौ । युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

सोमबार राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्जालमा लेखेका छन्, “युक्रेनले रुसी ऊर्जा लक्ष्यहरूमाथि प्रहार नगर्ने सहमति जनाएको छ । रुसले पनि त्यस्तै गर्न सहमति जनाएको छ । विश्वको डिजेल मूल्य वृद्धि मुख्यतया रुस/युक्रेन युद्धका कारण भएको तर इरानका कारण नभएको देख्न सकिन्छ ।”