काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । यो दुवैलाई धेरै भारी वर्षा भएको मानिन्छ ।
यस्तै, मकवानपुरमा ८४.४, उदयपुरमा ५९ र दैलेख-जाजरकोटको सीमा क्षेत्र कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।
२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।










प्रतिक्रिया दिनुहोस्