काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ । उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँ तर्फबाट लगिएको इप्रका भीमफेदीले जनाएको छ ।
मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको जनाइएको छ । दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्