समाचार

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।