समाचार

गाँजासहित एक जना पक्राउ



काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज बिहान ३:०० बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

बरामद गरिएको गाँजासहित भोक्राहानरसिंह गाउँपालिका –०५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।