काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार आज बिहान गोलबजारबाट मिर्चैयातर्फ आउँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट नरहा गाउँपालिका–३ निवासी करिब ५०/५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का करिब २५ वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ।
ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्