काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका-२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याइएका उनलाई प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पतालमा लगिएको छ ।
घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका-२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको छ । शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्