काठमाडौँ, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ ।
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच भेट भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उहाँको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई तोक्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि उहाँलाई तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्